काठमाडौं, माघ । पछिल्लो २४ घण्टामा थप १५९ मा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १४५ को परीक्षण गर्दा ६१ महिला र ९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० संक्रमणमुक्त भएका छन् भने २०२९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २ हजार ४८९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४२ को होम आइसोलेसनमा छन् भने १२८ को आईसीयू र २२ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।