२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा काेराेना : "पछिल्लो २४ घण्टामा थप १०५ मा संक्रमण पुष्टि "

आइतवार , माघ १८, २०७७

काठमाडौं, माघ । पछिल्लो २४ घण्टामा थप १०५ मा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३०८ को परीक्षण गर्दा ४१ महिला र ६४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ३३६  संक्रमणमुक्त भएका छन् भने २०२९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार ५९४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८६२ को होम आइसोलेसनमा छन् भने १४३ को आईसीयू र २५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार