काठमाडौं, माघ । नेपाल आयल निगमले व्यवसायीको कमिसन रकममा बृद्धि गरेको छ । निगम सञ्चालक समितिकाे बैठकले विक्रेताले पाउँदै आएको कसिमनमा प्रतिलिटर ३ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको हो ।
पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीकाे कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा वृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर कमभन्दा कम रकममा व्यवसायीको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सञ्चारकमीलाइ बताएका छन ।
‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ, पौडेलेले भने । विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ ।
व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औषत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार प्राविधिक क्षतिबापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ ।
१२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो । निगमको नयाँ निर्णयसँगै व्यवसायीहरुले आइतबारदेखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले आइतबारदेखि बागमतीमा पेट्रोल बिक्री नगर्न बताएका थिए ।