काठमाडौं, माघ । कोभिड १९ खोप अभियान अन्तर्गत आज दोस्रो दिनसम्म आइपुग्दा २८ हजार ७३२ ले खोप लिएका छन् । अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा आजदेखि भने ७७ वटै जिल्लामा अभियान सुरु गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो दिन जसमा प्रदेश १ मा ३ हजार ८८४ जनाले खोप लिए भने प्रदेश २ मा २१७४, वाग्मतीमा ११ हजार चारसय ६१, गण्डकीमा चार हजार आठ सय ५३ लुम्बिनीमा २ हजार ३0३, कर्णालीमा एक हजार ६७७ र सूदूरपश्चिममा २ हजार ४१७ ले खोप लिएका छन् ।
सरकारले पहिलो चरणमा खोप लगाउनेको सूचीमा वृद्धाश्रममा रहेका व्यक्तिको हेरचाहमा खटिने कर्मचारी र जेलमा रहेका कैदीबन्दी तथा जेलमा खटिएका सुरक्षाकर्मीलाई समेत खोप दिन सुरु गरेको छ ।