काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका २१३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुईलाख ७० हजार ५८८ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ काे पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६० हजार ८६० पीसीआर परीक्षण भइसकेकाे छ ।
देशका विभिन्न अस्पतालबाट २९६ सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २९६ कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।
नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८ भन्दा माथि उक्लेकाे थियाे । पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्युको नभएकाे मन्त्रालयले उल्लेख गरेको छ ।
हिजाेसम्म नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस पुगेका छन् । नेपालमा केही महिना यता बिहीबार पहिलाे पटक काेही पनि सङ्क्रमित मृत्यु नभएकाे जनाइएकाे छ। हाल तीन हजार २०३ मा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २०३ आइसोलेशनमा र ११३ क्वारेन्टिनमा छन् ।