२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " पछिल्लो चौबीस घण्टामा २८३ सङ्क्रमित थपिए"

बुधवार , माघ १४, २०७७

काठमाडौं, माघ  । नेपालमा कोरोना भाइरसका २८३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ३७५  पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाकाे पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २८३ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भइसकेकाे छ ।

देशका विभिन्न अस्पतालबाट २४६ सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २४६  कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।

नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८ भन्दा माथि उक्लेकाे थियाे । यस्तै साे अवधिमा तीन सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार बीस  पुगेका छन् ।

हाल तीन हजार २८६ मा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २८६ आइसोलेशनमा र १२२  क्वारेन्टिनमा छन् । काठमाडाैं उपत्यकामा १४५ सङ्क्रमित थपिए यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा १४५ सङ्क्रमित थपिएका छन् । काठमाडाैंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा नाैजना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार