२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोभिड – १९ विरुद्धको खोप : "माघ १४ देखि दिने तयारी"

आइतवार , माघ ११, २०७७

काठमाडौं, माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको  जनाएको छ ।

प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका छन ।

उनका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र १२०  खाेप केन्द्रबाट खाेप लगाउन शुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नहुनेछ । माघ १८ गतेभित्र देशका तीन सयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ ।

दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ ।

भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीन पटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उनले अपिल गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार