२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " पछिल्लो चौबीस घण्टामा २७० सङ्क्रमित थपिए "

आइतवार , माघ ११, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०३  कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

यस्तै साे अवधिमा सात सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक पुगेका छन् ।

हाल तीन हजार ३१२ मा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२ आइसोलेशनमा र १४५ क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार