२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " पछिल्लो चौबीस घण्टामा २३२ सङ्क्रमित थपिए "

शनिवार , माघ १०, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ को आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८६  सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । हाल तीन हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८६ कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा आठ सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ । हाल तीन हजार ४५२ आइसोलेशनमा र १४७  क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार