काठमाडौँ, माघ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ३०२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९४८ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ४८० कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६१४ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३०१ परीक्षण गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५८ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ रहेको छ ।