२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ३४८ सङ्क्रमित थपिए, ४४१  निको भए "

मंगलवार , माघ ६, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका ३४८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१  सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।

हालसम्म दुई लाख ६२ हजार २५९ सङ्क्रमित निको भइसकेका छन् । पछिल्लाे २४ घण्टामा नेपालमा चारहजार ९५६ काे अारती पीसीअार परीक्षणमा ३४८ सङ्क्रमित थपिएका हुन् ।

नेपालमा अहिलेसम्म तीनहजार ७६४ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२  सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६९  सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४  आइसोलेशनमा र १९० क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार