२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा काेराेना : "थप २४० मा सङ्क्रमण पुष्टि, छ सङ्क्रमितको मृत्यु "

शनिवार , माघ ३, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका २४० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ को आरटीपीसीआर परीक्षण गरिएकोमा २४० मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४७७  सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४  सङ्क्रमित निको भइसकेका छन् ।

हाल चार हजार ५८ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट दुई लाख ६७ हजार ५६  सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ  सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५४ सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल चार हजार ५८ जना आइसोलेशनमा र २३१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार