२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा काेराेना : " थप २७० को नतिजा पोजेटिभ "

शुक्रवार , माघ २, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ को मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ को पीसीआर परीक्षण गरिएकामध्ये २७० को नतिजा पोजेटिभ आएको छ ।

नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९०  निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । हालसम्म क्वान्टिनमा २३१ छन् भने ४ हजार ३०१ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार