२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरस : "४०३  सङ्क्रमित थपिए"

बिहिवार , माघ १, २०७७

काठमाडौं, माघ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३  सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ५४६  भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यसैगरी हालसम्म दुई लाख ६० हजार १७७  सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ को मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार