२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ए डिभिजन लिग : हिमालयन शेर्पा पहिलाे जितकाे खाेजीमा, सरस्वती खाता खाेल्ने प्रयासमा

बिहिवार , पौष १०, २०७६

काठमाडौं, पुस । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् । 

मध्याह्न १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दैछन् । तेस्रो चरणको खेल जारी रहँदा आर्मी ३ अंकसहित तालिकाको आठौं स्थानमा छ भने शेर्पा २ अंकसहित १० औं स्थानमा छ ।

याे खेलमा आर्मी जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा उक्लने प्रयासमा रहँदा शेर्पा पनि पहिलो पटक तीन अंक लिने प्रयासमा हुने छ । शेर्पाले पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ । याे खेलमा शेर्पा विजयी भए चौथो स्थानमा पुग्ने छ ।

यस्तै दिउँसो तीन बजे दशरथ रंगशालामा सरस्वती युवा क्लब र विभागीय क्लब नेपाल पुलिस खेल्दैछन् । पुलिस एक अंकसहित तालिकाको ११ औं स्थानमा छ भने सरस्वतीले खाता नै खोल्न सकेको छैन ।

याे खेलमा पुलिस विजयी भए आठौं स्थानमा पुग्ने छ भने सरस्वती विजयी भए दशौं स्थानमा उक्लने छ । याे खेलसँगै ए डिभिजन लिगको तेस्रो चरणको खेल पनि सकिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार