काठमाडौं,पुस । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ को पीसीआर परीक्षणमा १५३ महिला र २७३ पुरुषमा संक्रमण देखिएको हो ।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ छन् ।
पछिल्लो २४ घण्टामा ७४८ डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १ ०७ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु हुँदा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ ।