काठमाडौं, पुस । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने विरामीको संख्या पनि घटेको छ । पछील्लाे तथ्यांक अनुसार देशभर २८८ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
जसअन्तर्गत २३५ आईसीयू र ५३ भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात प्रदेशमा ९५९ आईसीयर ४२३ वटा आईसीयू सहि
नेपालमा एक हजार १९४ वटा आईसीयु र भेन्टिलेटर बेड कोरोना संक्रमितले प्रयोग गर्न पाउने गरि तयारी अवस्थामा छन् । ५२ वटा सरकारी अस्पताल र २७ निजी अस्पतालबाट कोरोना संक्रमितको निशुल्क उपचार हुँदै आएकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै यो सेवा पाइने भएको छ ।
अहिले नेपालका अधिकाशं स्थानमा कोभिडको उपचार गराउन जनरल, आईसीयर भेन्डिलेटरको खाँचो नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाबाट हुँदै आएको निशुल्क उपचारको सेवा पनि हटाएको छ ।
निजी संस्थाहरुमध्ये आठ बटा मेडिकल कलेजहरुलाई भने सरकारले सेवा दिने संस्थाकै रुपमा राखेको छ । कोभिडका बिरामीको चाप घटेसँगै अनिवार्य रुपमा निजी अस्पतालले अनिवार्य रुपमा कोभिडका बिरामीलाई राखेको सामान्य बेड, आईसीयतथा भेन्टिलेटरमा समेत बिरामीको संख्या कमी हुँदै आएको छ ।
नेपाल सरकारले यसअघि निजी अस्पतालमा अनिवार्य बेड २० प्रतिशत आईसीयु सरकारी अस्पतालमा ५० प्रतिशत छुट्टाउने प्रावधान राखेको थियो भने २७ निजी र ५२ सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरेको थियो ।
‘कोभिडका बिरामीको चाप’ घटेको भन्दै कोभिड अस्पतालको सूचिबाट निजी अस्पताललाई हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।
सरकारले निजी अस्पताललाई कोभिड अस्पतालबाट हटाउने निर्णय गरेसँगै कोभिडको परीक्षण, उपचार सरकारी अस्पतालबाट हुने उहाँले जानकारी दिनुभयो । कोभिडको उपचार भैरहेको मेडिकल कलेजमा भने अझै कोभिडको उपचार हुनेछ ।
‘अहिले सरकारी अस्पतालमा कोराना संक्रमितको उपचार, जनरल बेड, आईसीयर भेन्टिलेटरको मौजुदा पर्याप्त रहेकाले, अहिलेको अवस्थामा निजी अस्पतालबाट दिदै आएको निशुल्क कोरोनाको उपचार अहिलेलाई रोकेका छौ’ सहप्रवक्ता अधिकारीले स्पष्ट पारे ।
पछिल्लो एक महिनाको समयमा संक्रमितको संख्यामा निक्कै कमी आएको, कोराना संक्रमितहरु होम आइसोलेशनमै बस्न रुचाएको कारणले पनि अस्पतालमा सहजै बेड पाइने अवस्था सृजना भएको हो ।
पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ५ हजार ५४६ को कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत सोमबारदेखि आइतबारसम्म ३८ हजार आठ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ । जसअन्तर्गत गत सोमबार ६ हजार ३५१, मंगलबार ७ हजार, बुधबार ६ हजार ५५९, बिहीबार ५ हजार ५१०, शुक्रबार ४ हजार १४२, शनिबार ५ हजार ४३४ र हिजो आइतबार ३ हजार ८२८ को कोरोना परीक्षण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार देशभर ८० प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ ।