काठमाडौं, पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८९२ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ। हाल देशभर ७ हजार ९२ सक्रिय संक्रमित रहेका छन् भने ३६९ क्वारेन्टिनमा छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ १६ पुगेको छ।