२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा  कोरोना : "पछिल्लो २४ घण्टामा थप ६१३ मा संक्रमण पुष्टि"

बिहिवार , पौष ९, २०७७

काठमाडौं, पुस । नेपालमा  पछिल्लो २४ घण्टामा थप ६१३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,  ५५१० को परीक्षणमा ३८०  पुरुष र २३३  महिला गरी ६१३ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ को मृत्यु भएको छ ।

हालसम्‍म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएका छन् ।

त्यस्तै कैलालीमा ५७, कञ्चनपुरमा ४२, कास्कीमा ४३, रुपन्देहीमा ३७ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार