२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना :"पछिल्लो २४ घण्टामा ७४३ मा संक्रमण पुष्टि"

बुधवार , पौष ८, २०७७

काठमाडौं, पुस । पछिल्लो २४ घण्टामा ७४३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९  महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८  संक्रमित भेटिएका छन् ।

काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४/३४  संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कास्कीमा ७१, रुपन्देहीमा ४५, कञ्चनपुरमा ४२, कैलालीमा ३३, चितवनमा १८ र मोरङमा १५  संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार