२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ तोलामा ९०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

सोमवार , पौष ६, २०७७

काठमाडौँ  ।  सोमबार स्थानीय बजारमा सुनचाँदीको भाउ पुनः बढेको छ । आइतबारको तुलनामा आज सोमबार ९०० रुपैयाँ बढीमा सुन कारोबार हुन नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९४ हजार ७०० रुपैयाँ पर्नेछ । 

यसअघि छापावाल सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९३ हजार ८५० रुपैयाँ तोकिएको थियो । 

यता चाँदीको भाउ समेत बृद्धि भएको छ । यसअघि तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२० रुपैर्याँ पर्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार