२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

थप १२ कोरोना संक्रमितको मृत्यु, ७१० जना संक्रमित थपिए

शनिवार , पौष ४, २०७७

 नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ।

हाल देशभर ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार