२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एनआईबीएलको साधारण सभा पुस २८ गते, १९ प्रतिशत लाभांस दिने

मंगलवार , पौष ८, २०७६

काठमाडौं, पुस  ।  नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १९ प्रतिशत लाभांस दिने भएको छ । 

बैंकले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनश र ८.५ प्रतिशत नगद दिने लागेको हो ।  सोही प्रयोजनका लागि बैंकले ३३औं वार्षिक साधारण सभा आगामी पुष २८ गते बोलाएको छ भने पुष १४ गते शेयर दाखिल खारेज दर्ता बन्द गर्ने जनाएको छ । 

नेपाल स्टक एक्सचेन्जमा पुष १३ गतेसम्म कारोबार भई पुष २१ गतेभित्र बैंकको शेयर रजिष्ट्रारले प्राप्त गरेको नामसारीको लिखतका अधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने बैंकले जनाएको छ । 

साधारण सभाले बैंक कुनै पनि बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा मर्जरमा जान सक्ने अख्तियारी पनि दिनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार