२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "संक्रमित अढाई लाख नाघेको, ९३६ संक्रमित थपिए"

मंगलवार , मंसिर ३०, २०७७

काठमाडौं, मंसिर  । नेपालमा कोरोना संक्रमितको संख्या अढाई लाख नाघेको छ । मंगलबार ९३६ कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको हो ।

२४ घण्टामा थप ९३६ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ को पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ मा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले देशभर नौ हजार ८८१ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ९९६  संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८  संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ को मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार ७७० पुगेको छ । होमआइसोलेसनमा छ हजार १०३  छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु)मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार