२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ८२१ सङ्क्रमित थपिए, मृत्यु एक हजार ७१८ पुगे"

सोमवार , मंसिर २९, २०७७

काठमाडौं, मंसिर  । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ ।

एक हजार पाँचसय  निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३६ हजार ५७३  सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल दश हजार ९५५ मा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९४.९२ प्रतिशत रहेकाे छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ४२३ काे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

नेपालमा अहिले ४७१  क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा १८  सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार