२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो

बिहिवार , मंसिर २५, २०७७

काठमाडौं, मंसिर । बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ। बुधबार ९३ हजार ४०० मा कारोबार भएको थियो। 

तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार