काठमाडौं, मङ्सिर । नेपालमा कोरोनाभाइरसका एक हजार २७२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजार ३१ को परीक्षण गरिएकोमा एक हजार २७२ मा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ४४७ मा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख ७१ हजार ९५० को पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो चौबीस घण्टामा एक हजार ५७५ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २१ हजार ८४७ सङ्क्रमित निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५६७ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३७ क्वारेन्टिनमा रहेको जनाएको छ ।