२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

मंगलवार , मंसिर १६, २०७७

अछाम, मंसिर ।    जिल्ला अस्पताल मंगलसैनमा अत्याधिक रक्तश्रावका कारणले एक सुत्केरी महिलाको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका–४ का ३८ वर्षीया नामसरा कामीको सुत्केरी भएर अत्याधिक रक्तश्राव हुँदा सोमबार राती मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि सोमबार बेलुका जिल्ला अस्पतालमा ल्याएको र सोमबार राती १२ बजे नामसराको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमिक्त प्रमुख डा.अतुल भारद्धाजले बताए ।

जिल्ला अस्पताल अछामका अनुसार नामसरा छैटौं पटक आमा बन्न लागेकी थिइन् । अस्पतालमा रगतको अभाव हुँदा नामसराको मृत्यु भएको रगतको व्यवस्थापन गर्न नसकिएको डा.भारद्धाजले बताए ।

शिशुको पेटमा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार