२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उद्योग वाणिज्य महासंघ : " १९ औं अध्यक्ष बने शेखर गोल्छा "

आइतवार , मंसिर १४, २०७७

 

काठमाडौं, मंसिर ।  नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष शेखर गोल्छा बनेका छन् । अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले कार्यकाल पुरा भएपछि गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् ।

आइतबार विहान निर्वाचन सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे ।  योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

हालका निवर्मान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् ।  गोल्छाले आजै पद तथा गोपनियताको सपथ  लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार