२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भोलिबाट काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी

आइतवार , मंसिर १४, २०७७

काठमाडौं, मंसिर  ।  सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो । 

काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ । जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाशुदेव पाण्डेका अनुसार पछिल्लो समय सं्रक्रमितहरु सरकारले सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाइ प्राथमिकता दिइएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार