२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आइतवार पहिलो घण्टामा ३०.७८ अंकले बढ्यो नेप्से परिसूचक

आइतवार , मंसिर १४, २०७७

  काठमाडौं, मंसिर  । साताको पहिलो कारोबारको दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७८ अंकले बढेर १ हजार ९२४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । 

१ हजार ९१२ दशमलव ११ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ६३ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब ३५ करोड ६८ लाख बराबरको ५२ लाख ७६ हजार ९२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २० हजार ४६० पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा नेपाल बंगलादेश बैंकको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २८९ कायम भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ३२ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार ३६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार