२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक : ' ७३.३ प्रतिशत उत्तीर्ण "

आइतवार , मंसिर १४, २०७७

 

काठमाडौं, मंसिर  । विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो ।

काउन्सिलले लिएको परीक्षामा ८३९ सहभागी भएका थिए भने ६१५ मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये २२४ अनुत्तीर्ण भए भने ४  अनुपस्थित र १ को परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । 

यस्तै काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ । काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् । १ हजार २७०  नर्सिङ परीक्षामा सहभागी भएका थिए भने  ६२६ उत्तीर्ण भएका छन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार