२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं महानगरले आजदेखि निःशुल्क पीसीआर गर्ने

आइतवार , मंसिर ७, २०७७

काठमाडौं, मंसिर।  काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोनाको निःशुल्क परीक्षण गर्ने भएको छ । 

सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर गर्न आजबाट स्वाब संकलन गर्न सुरु गरिएको महानगरले जनाएको छ । 

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । 

काठमाडौं उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना सङ्क्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । संक्रमणको चक्र तोड्न पुनः लकडाउन गर्नु पर्ने उनको भनाइ छ ।

लकडाउन हटेसँगै बजारमा भीड बढेकाले यसको नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पुनः लकडाउनको सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार