काठमाडौं, कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ८०७ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४७६ को आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ८०७ नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
मन्त्रालयले थपिएका सङ्क्रमितमध्ये ३५२ महिला र ४५५ पुरुष रहेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ४७७ सङ्क्रमित थपिएका छन् । दुई हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १५ हजार २३७, ललितपुरमा दुई हजार ३१५ र भक्तपुरमा एक हजार २५२ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । काठमाडाँैंमा हालसम्म २९९, ललितपुरमा ८४ र भक्तपुरमा ७६ को मृत्यु भएको छ । काठमाडौंमा हाल ११ हजार ३२८, ललितपुरमा एक हजार ९५९ र भक्तपुरमा एक हजार २८ होम आइसोलेशनमा छन् ।
मन्त्रालयले काठमाडौंमा ६२ हजार ७४१, ललितपुरमा आठ हजार ८९६ र भक्तपुरमा पाँच हजार ७५८ सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ ।