२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोभिड अस्पताल धरान : ' सुनसरी र धनकुटाका थप दुई कोरोना संक्रमितको मृत्यु'

आइतवार , कार्तिक ३०, २०७७

 

 काठमाडौं,  कात्तिक। सुनसरी र धनकुटाका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनकुटाको भेडेटारका वर्षीय पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

४४ वर्षीय महिला भने आज (आइतबार) मात्रै अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार