२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विश्वकप क्लब फुटबल ः उपाधि लिभरपुललाई

शनिवार , पौष ५, २०७६

काठमाडौं, पुस ।  शनिबार राति भएको फइनल खेलमा क्लब विश्वकप फुटबलको उपाधि पहिलो पटक इंगलिश प्रिमियर लिग क्लब लिभरपुलले जितेको छ ।  ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो ।

कतारमा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्द गरेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । 

अतिरिक्त समयको ९९ औं मिनेटमा ब्राजिलियन स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जिताए । 

यसपटक निकै सशक्त देखिएको लिभरपुल प्रिमियर लिगमा पनि १० अंकको अग्रतासहित शीर्ष स्थानमा । लिभरपुलले गत सिजन च्याम्पियन्स लिग जितेको थियो ।

प्रिमियर लिगमा पनि सुरुआतमा लामो समय अग्रता लिन सफल भए पनि अन्तिममा आएर म्यान्चेस्टर सिटीलाई उपाधि बुझाएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार