२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यका : 'थप १४२० मा संक्रमण, २२ को मृत्यु'

मंगलवार , कार्तिक २५, २०७७

 

काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा उपत्यकामा १४२० मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ। 

मन्त्रालयका अनुसार ८१७ पुरुष र ६०३ महिला गरेर २४ घण्टामा उपत्यकामा १४२० मा संक्रमण पुष्टि भएको हो। 

उपत्यकामा कोरोनाले मृत्यु हुनेको संख्या भने ४२५ पुगेको छ। उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २८० को मृत्यु भएको छ। संक्रमितको संख्या ७४ हजार ३४४ रहेको छ भने ५७ हजार ३७८ जले कोरोना जितेका छन्। काठमाडौं जिल्लामा मात्र १६ हजार ६८६  सक्रिय संक्रमित छन्। 

७३ ले ज्यान गुमाएको भक्तपुर जिल्लामा १२२४ सक्रिय संक्रमित छन् भने ५ हजार ३८७ ले कोरोना जितेका छन्। जिल्लामा जम्मा संक्रमितको संख्या ८ हजार ८८४ पुगेको छ। 

त्यसैगरी,  कुल संक्रमितको संख्या १० हजार ५४७ पुगेको ललितपुर जिल्लामा ८ हजार १२५  निको भएका छन् भने २३५० सक्रिय संक्रमित छन्। त्यहाँ ७२ ले भने ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। जसम योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११४८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ।

अहिले क्वरेन्टाइनमा भने एक हजार ५८  रहेका छन्। नेपालमा अहिलेसम्म १५ लाख ६४ हजार २१४ को पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार