२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रुपन्देही : 'कोरोनाले एक स्वास्थ्यकर्मीको मृत्यु'

मंगलवार , कार्तिक २५, २०७७

भैरहवा, कात्तिक  । कोरोना संक्रमणका कारण रुपन्देहीमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित मधुवनी स्वास्थ्यचौकीमा वरिष्ठ अनमी पदमा कार्यरत गोमा गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपचारकै क्रममा भैरहवास्थित भीम अस्पतालमा उहाँको निधन भएको हो । उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो हो । उहाँ २० वर्षभन्दा बढी स्वास्थ्य सेवामा सक्रिय रहनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार