२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन : ' थप एक कोरोना संक्रमितको मृत्यु'

मंगलवार , कार्तिक २५, २०७७

 

 काठमाडौं,  कात्तिक । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार राति ८ः१८ बजे मृत्यु भएका अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसीयू कक्षमा राखेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।

डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार