काठमाडौं, कात्तिक । नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ को आरटीपीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन्।
मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ५७१ सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
हाल ३६ हजार १७४ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ । क्वारेन्टिनमा ९७६ मात्रै रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा १८ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।