काठमाडौं, कात्तिक । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतार चढावका बीच ४.२२ अंकले उकालो लागेर १ हजार ६५२ दशमलव ८० अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३७० करोड पुगेको छ ।
दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १९५ कम्पनीका १० लाख ३५ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ । नेप्सेमा कारोबार हुने उपसमूहमध्ये आधा रातो आधा हरियो देखिएक छन् ।
व्यापार, फाइनान्स, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएक छन् भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् ।