२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रुपन्देही : 'थप एक कोरोना संक्रमितको मृत्यु'

सोमवार , कार्तिक २४, २०७७

 

बुटवल,  कात्तिक । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार