२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

दाङ : 'थप एक कोरोना संक्रमितको मृत्यु'

शनिवार , कार्तिक २२, २०७७

 

बुटवल,  कात्तिक । दाङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार