२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बीपी प्रतिष्ठान धरान : 'कोभिड अस्पतालमा ६७ वर्षीया महिलाको मृत्यु'

शनिवार , कार्तिक २२, २०७७

 

काठमाडौं, कात्तिक। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार