२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा थप तीन हजार ११४ मा संक्रमण'

मंगलवार , कार्तिक १८, २०७७

 

काठमाडौं,  कात्तिक ।  पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

त्यसैगरी २४ घण्टामा ३१४२ कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २० को मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो। 

अहिले आइसोलेसनमा ३७ हजार ४७६  रहेका छन्। 
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार