राजविराज, कात्तिक । सप्तरीका थप दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिकाको साविक २ नम्बर जोगिनियाँ वार्ड नम्बर १ बस्ने ५८ वर्षीय पुरुष शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए।
मोरङ्गमा शिक्षण पेशामा संलग्न उनलाई ज्वरो, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते विराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार मृत्यु भएको उनले जानकारी दिए ।
लामो समयदेखि सुगर, ब्लडप्रेसरबाट पीडित उहाँलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको बताइएको छ । न्यरो अस्पतालले कार्डियोपल्मोनरी अरेष्ट (अघात) का कारण उनको मृत्यु भएको मृत्यु प्रमाणपत्रमा उल्लेख गरेको वरिष्ठ मलेरिया इन्सपेक्टर राउत बरैले बताए ।
यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ६ निवासी उको सोमबार साँझ मृत्यु भएको हाे ।
बीपी अस्पतालको स्टाफ रहेका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।