२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'थप २५०८ मा संक्रमण पुष्टि, संक्रमित १ लाख ७० हजार नाघे'

शनिवार , कार्तिक १५, २०७७

 

काठमाडौं,  कात्तिक। पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२  संक्रमणमुक्त भएका छन् भने ९३७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ को आईसीयू र ६९ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा १३५७ थपिए

मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा मात्र १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३, ललितपुरका १९५ र भक्तपुरका ४९ छन् ।

मोरङका १३८, चितवन र कास्कीका १०९/१०९, झापा र सुनसरीका ७६/७६ , रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका १०, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ , अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ , इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ मा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार