२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विराटनगर : ' थप ६ कोरोना संक्रमितको मृत्यु'

शनिवार , कार्तिक १५, २०७७

 

 

 विराटनगर,  कात्तिक । विराटनगरका अस्पतालहरुमा पछिल्लो २४ घण्टामा मात्र ६  कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् ।

नोबेल मेडिकल कलेजमा चारको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार , उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया  महिलाको शनिबार विहान मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कातिकमा अस्वताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको छ ।

सुन्दर हरैचा नगरपालिका-१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै बिराटनगर-३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।  उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए ।

उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार