२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके :' दाङका एक कोरोना संक्रमितकाे मृत्यु'

शनिवार , कार्तिक १५, २०७७

 

 घोराही,  कात्तिक । दाङका एक कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८  कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके जिल्लामा मात्रै ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार