काठमाडौं, कात्तिक। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ मा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार देशभरमा भने ३५१७ मा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ निको भएका छन् भने २१२ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।
ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ रहेको छ । जसमध्ये ६१९६ निको भएका छन् र ५८ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।
भक्तपुरमा ५६५० संक्रमित भएकामा ४ हजार ४२२ निको भएका छन् र ६३ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।